|
|
|
|
Ram Bahadur Tamang 1986.host.com - Contact
|
|
|
Today, there have been 2 visitors (2 hits) on this page!
|
|
कहिले आउँछ आङभरि नाना लाउने दिन
कहिले आउँछ पेटभरि खान पाउने दिन ?
नाङ्गो जीउमा घाम बनी न्यानो दिन्छु भन्थ्यौ
पर्खिरा’छु औँला गन्दै तिमी आउने दिन ।
मेरो साथी ठूलो जातको सानो जात मेरो
कहिले होला सँगै मिली गीत गाउने दिन ?
खरबारीमा ब्वाँसाहरू दिउँसै सुतिरा’छन्
आउँदैन कि खर काटी घर छाउने दिन ?
साँढे हिँड्छ रातभरि मकैबारी माड्दै
कैले आउँला त्यो साँढेलाई हाम्ले दाउने दिन ? |
|